विराटले भन्यो– अक्सिजन अभावले बिरामीको मृत्यु भएको समाचार झुट

विराट मेडिकल कलेज टिचिङ अस्पतालको कोभिड युनिटमा अक्सिजन अभावका कारण बिरामीको मृत्यु भएको समाचार गलत भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै अक्सिजनका अभावमा बिरामीको मृत्यु भएको समाचार भ्रामक तथा तथ्यहिन भएको जनाएको छ।

देशभर अक्सिजनको अभाव भएका समयमा अस्पताललाई पनि अभाव भएको प्रष्ट पारेको छ।

‘अस्पतालले दैनिक २४ घण्टामा कम्तिमा पनि ६०० थान अक्सिजनको माग भएकोमा अस्पताललाई जम्मा ४०० देखि ४५० मात्र उपलब्ध भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ अक्सिजन कम्पनीबाट पनि सकेको उपलब्ध भइरहेको र अस्पताल र जिल्ला प्रशासनले पनि रातदिन यसको उपलब्धताका गरेकाले अक्सिजन अभाव हुन दिएका छइनौं।’

अक्सिजन अभावका कारण उपचाररत विरामीहरुको मृत्यु हुने भन्दै अस्पतालले प्रदेश सरकार, जिल्ला प्रशासन, नागरिक समाज तथा सरोकारवालालाई यस विषयलाई गम्भीरताका रुपमा हेर्न र भ्रामक समाचरको पछि नलाग्न अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय