कुखुराको गिदी खाएर दीर्घजीवन!

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ जेठ १६ गते १२:५०

अष्ट्रेलियाका सबैभन्दा जेठा जिवित बाजेले आफू १ सय ११ वर्ष बाँचिसक्नुको रहस्य समेटेका छन्, कुखुराको गिदी। डेक्टर क्रुगर गाईवस्तु पालक हुन्।

उनले १११ औं जन्मोत्सव मनाएको १ सय २४ दिन बितिसक्यो।

क्विन्सल्याण्ड स्टेटको रोमा नगरमा बस्ने उनले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँगको अन्तर्वार्तामा भनेका छन्–म साताको एक चोटी कुखुराको गिदी खान्छु। यसले मलाई बचाएकोजस्तो लाग्छ।

‘कुखुराको टाउकोभित्र गिदी हुन्छ, एकचोटी क्वाप्प खान मिल्नेजति। त्यो खाँदा खुब मजा लाग्छ,’ उनले भने।

क्रुगरका ७४ वर्षे छोरा ग्रेग चाहिँ आफ्ना बाबुको साधारण ग्रामिण जीवन नै दीर्घउमेरको कारण भएको बताउँछन्।

क्रुगर बस्ने नर्सिङ होमकी प्रबन्धक मिलेनी कालभर्ट चाहिँ ती वयोवृद्ध अति नै तिक्ष्ण भएको बताउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय