भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको हातपातबारे छानविन समितिले तयार पार्यो प्रतिवेदन

हेल्थपोस्ट नेपाल

भेरी अस्पतालका स्वास्थ्यकर्मीमा भएको हातपातबारे छानविन गर्न गठित समितिले आइतबार प्रतिवेदन पेश गर्ने भएको छ।

बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

शुक्रबार घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो।

उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो।

गठित समितले सबै सरोकारवालाहरूसँग छलफल गरेर आज प्रतिवेदन बुझाउने तयारी गरेको समितिका एक सदस्यले बताए।

उनका अनुसार पीडित स्वास्थ्यकर्मी, प्रत्यक्षदर्शी, ओरोपित व्यक्तिको बयान लिइसकिएको छ।

शुक्रबार नै छानविन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो।

स्वास्थ्यकर्मीमा माथि हातपात गर्ने मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले बिहिबार राति नै पक्राउ गरेको थियो।

अस्पताल प्रशासनले आरोपित तीन जना विरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *