कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

हेल्थपोस्ट नेपाल

भियतनाममा नयाँ भेरियन्टको कोरोना पत्ता लागेको छ। उक्त भेरियन्ट भारत र वेलायतमा भेटिएको कोरोनाको संयोजनबाट बनेको बताइएको छ।

भियतनामका स्वास्थ्य मन्त्री एनगुएनले यो भाइरस तीव्र गतिमा आवामार्फत फैलिइरहेका बताएका छन्।

उनले यो भाइरस निकै खतरनाक रहेकोसमेत बताएका छन्। ‘भारत र वेलायतमा भेटिएको भाइरस मिलेर नयाँ भेरियन्ट बनेको छ। यसले चिन्ता बढाएको छ। किनकि, यो अन्य भेरियन्टको तुलनामा तीव्र गतिमा हावामार्फत फैलिइरहेको छ।’, उनले भनेका छन्।

स्वास्थ्यमन्त्री एनगुएनले यस भाइरसका बारेमा विस्तृत जानकारी केही समयपछि आउने बताउँदै जेनेटिक कोडपनि चाँडै सार्वजनिक हुने बताएका छन्।

यता, विश्व स्वास्थ्य संगठनले यसबारेमा भने हालसम्म केही बताएको छैन। भियतनाममा यसअघि सात नयाँ भेरियन्ट भेटिइसकेका छन्। जसमा भारत र बेलायतमा भेटिएका भेरियन्ट पनि सामेल छन्। गत अक्टोबरमा भारतमा पहिलो पटक नयाँ भेरियन्टको कोरोना भेटिएको थियो। जसको जेनेटिक कोड B.1.617.2 राखिएको छ भने वेलायतमा भेटिएको भरियन्टको कोड  B.1.1.7 राखिएको छ।

नयाँ भेटिएका भेरियन्टले त्यस्तो गम्भीर असर नै पार्नेबारे अनुसन्धान नभएपनि पूरानो भेरियन्टभन्दा केही खतरनाक हुनसक्ने भने बैज्ञानिकहरुले बताएका छन्। उनीहरुले बढीजसो बृद्धबृद्धा र बालबालिका यसको जोखिममा बढी हुने आंकलन गरेका छन्।

नयाँ भेरियन्टको कोरोनाको संक्रमण दर बढी रहेकोले यसले भ्याक्सिन नलगाएकालाई बढी असर गर्नसक्ने छ।

जसले मृत्युदरलाई पनि बढाउनसक्ने बताइएको छ। केही भेरियन्टमा जस्तो कि भारतमा भेटिएको भेरियन्टमा फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी मानिएको छ।

भियतनाममा पछिल्लो समय संक्रमण तीव्र गतिमा फैलिइरहेको छ। त्यहाँ हालसम्म ६ हजार ७०० बढी संक्रमित भेटिएका छन् जसमा आधाभन्दा बढी अप्रिल अन्तदेखि हालसम्म रेकर्ड भएका हुन्। ४७ जनाले संक्रमणकै कारण त्यहाँ ज्यान गुमाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *