पहिलो पटक स्वास्थ्य क्षेत्र प्राथमिकतामा, यी हुन् मुख्य कार्यक्रम

हेल्थपोस्ट नेपाल

सरकारले नियमित रूपमा बजेट ल्याउन सुरु गरेको ७० वर्षको इतिहासमा पहिलोपटक स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेको छ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको बजेट १६ खर्व ४७ अर्व ५७ करोडकाे छ। जसमध्ये  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कुल १ खर्व २२ अर्व ७७ करोड विनियोजन गरेका छन् । यो रकम कुल बजेटको ७.४५ प्रतिशत हो ।

विज्ञहरुले  कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने बताउँदै आएका आएका थिए । तर, १० प्रतिशत नपुगे पनि यो बजेट बजेट आकारको हालसम्मकै बढी हो ।

सरकारले आर्थिक वर्ष ०७७–०७८ मा ९० अर्ब ६९ करोड विनियोजन गरेको थियो ।

नेपालसँगै सारा विश्व स्वास्थ्य क्षेत्रमा उत्पन्न कोभिड १९ को महामारी सामना गरिरहेको अवस्थामा सरकारले बजेट प्रतिशत, आकार र प्राथमिकताका आधारमा पनि स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको छ।

नेपालमा २००८ सालदेखि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालादेखि संसदमा बजेट प्रस्तुत गर्न सुरु भएको थियो ।

आर्थिक वर्ष २०७८ र ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारी नियन्त्रणको लागि उच्च प्राथमिकतामा बजेट राखिएको बताए।

सरकारले कार्यक्रमसँगै उद्देश्य र कार्यक्रमगत प्राथमिकतामा समेत स्वास्थ्यलाई केन्द्रमा राखेको छ।

सरकारले बजेटमा स्वास्थ्य क्षेत्रकै पनि कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम,  सबै सरकारी अस्पतालमा कोभिडको परीक्षण र उपचार निशुल्क, काेराेना खाेप  निशुल्क, स्वास्थ्यकर्मीका सेवासुविधा तथा संख्या वृद्धि र त्यसपछि नियमित कार्यक्रम राखेको छ।

अधिकांश नियमित कार्यक्रमलाई निरन्तरता नै दिएर सरकारले सरुवा रोग नियन्त्रण, जनशक्ति वृद्धि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

सरकारले बजेटको उद्देश्यमा प्राथमिकताको पहिलो बुँदा मै संक्रामकलगायत सबै प्रकारका रोगबाट नागरिकको जीवन रक्षा गर्दै जीवनलाई सहज गर्न र सुरक्षित बनाउने जनाएको छ।

त्यसैगरी ,क्षेत्रगत र कार्यक्रमगत प्राथमिकतामा समेत पहिलो बुँदामै कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र स्वास्थ्य सेवा सुलभ बनाउन सेवाको दायरा विस्तार, स्वास्थ्यकर्मीकोलाई जोखिम भत्ता, स्वास्थ्य पूर्वाधार विस्तार एवं स्तरोन्नति र जनशक्ति विकासमा प्राथमिकता राखेको छ।

स्वास्थ्यको १ खर्ब २२ अर्ब ७७ करोड कहाँ खर्च हुन्छ?

१. कोभिड १९ को उपचारमा प्रयोग हुने औषधिको आयातमा लाग्ने भन्सार महसुल छुट

२. सबै सरकारी अस्पतालमा कोभिडको परीक्षण र उपचार निशुल्क

३. एक सय शैय्या भन्दा माथिका सबै अस्पतालमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट जडान

४. सरकारी अस्पतालमा आइसीयू, एचडीयूका लागि ४ अर्ब विनियोजन ।

५. अक्सिजन प्लान्ट जडानका लागि आवश्यक पर्ने उपकरण खरीद गर्दा लाग्ने भन्सार तथा मूल्य अभिबृद्धि कर पुरै छुट ।

६. सामुदायिक तथा निजी अस्पतालले प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुजिगत अनुदान दिईनेछ ।

७. कोभिड रोग नियन्त्रणका लागि ३७ अर्व ५३ करोड विनियोजन

८. औषधि खरीदका लागि ५ अर्व ६० करोड

९. महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता सत प्रतिशत बृद्धि  १२ हजार

१०. कोभिड अवधीभरी अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट ।

११. मुटुरोग ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पार्किन्सन, स्पाइनल कर्ड इन्जुरी – २ अर्ब ५० करोड

१२. सरुवारोग अस्पताल निर्माण – १ अर्ब ५० करोड

१३. सरकारी अस्पतालमा आइसीयू, एचडीयूका लागि ४ अर्व

१४.कोरोना महामारीभर अक्सिजन प्लान्ट निर्माणमा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइने । साथै महामारी अवधिभर अक्सिजन उत्पादनमा लाग्ने बिजुली महसुल ५० प्रतिशत छुट ।

१५. स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्व ५० करोड विनियोजन

१६. उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निबृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई तलव र ५० प्रतिशत भत्ता सहित एक बर्षे करार सेवामा लिने

१७. काठमाडौं उपत्यकामा ३ सय शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल । यसका लागि  १ अर्ब ३० करोड बजेट विनियोजन ।

१८. आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने ।

१९.रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न १ अर्ब २८ करोड

२०. कान्ति बाल अस्पताललाई ३४ करोड

२१. सहिद गंगालाल हृदयरोग अस्पताललाई ५८ करोड

२२. कोरोना नियन्त्रणका लागि सीमा नाका र अन्तराष्टिय विमानस्थलमा हेल्थ डेस्क र होल्डिग सेन्टर स्थापना

२३. सबै जिल्लामा आयुवेर्द अस्पताल निर्माण

२४. मनमोहन कार्डियो अस्पताल तथा ट्रान्सप्लान केन्द्र, त्रि वि शिक्षण अस्पताल, वि पी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास अस्पताल, रामराज स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि  एक अर्ब २८ करोड विनियोजन

२५. २० जिल्लामा मातृ प्रतिक्षालय गृह र ४ जिल्लामा टेस्टट्युब बेबी सेवा संचालन

२६.बर्दिवास र सुर्खेतमा मेडिकल कलेज स्थापनाका विस्तृत परियोजना प्रतिवेदन तयार गरिने

२७.  कीर्तिपुरमा १५०० शय्याको सुपरस्पेस्यालिटी अस्पताल निर्माण हुने

२८. ४० वर्ष माथिका नागरिकको रक्तचाप तथा महिलाको स्तन र पाठेघरको नि:शुल्क जाँच गरिने

२९. राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरिने

३०. कडा रोगका बिरामीको उपचार सहुलियतका लागि २ अर्ब ५० करोड

३१. दुर्गम क्षेत्रका २० जिल्लामा प्रसुति समय अगाडिको स्वास्थ्य जाँच र औषधीको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने

३२.  सबै मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय अस्पतालमा कम्तिमा एउटा सरकारी नियमित रुपमा विशेषज्ञ सेवासहितको स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *