वीर अस्पताल राष्ट्रिय गौरवको आयोजनामा समावेश

हेल्थपोस्ट नेपाल

सरकारले वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्ने परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने भएको छ।

आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भक्तपुरको दुवाकोटमा निर्माण गर्न लागिएको अस्पतालको परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने बताए।

भक्तपुरको दुवाकोटमा आगामी तीन वर्षभित्र सेवा सञ्चालन हुने गरी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिने मन्त्री पौडेलले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *