स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने
सरकारले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ।
आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताए।
यस्तै, सेवा निवृत्त इन्टरसिपपमा रहेका चिकित्सक तथा नर्सलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको बताए।
सरकारले कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ।
त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए।