कोरोना संक्रमण घट्दै, आज ४ हजार ४८७ जनामा पुष्टि

पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ हजार ७ सय ५२ नमुना परीक्षण भएकोमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा कुल संक्रमित संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ।

शनिबार देशभर १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रिमत छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन्।

यो सँगै संक्रमणमुक्त हुने संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ।

पछिल्लो विवरण अनुसार १ सय १६ जना संक्रमणबाट निधन भएको छ।

यो सँगै निधन हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ।

आज ८ सय ९१ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय