१६ खर्ब २५ अर्बहाराहारीको बजेट ल्याउँदै सरकार, स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा
केपी ओली सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब २५ अर्बहाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आज शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बजेट वक्तव्य पढ्नेछन्।
गत आर्थिक वर्ष तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँबराबरको बजेट ल्याएका थिए।
यसपालि अर्थमन्त्री पौडेलले भने करिब डेढ खर्ब रुपैयाँ बढी अंकको बजेट ल्याउने अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।
‘कोरोना महामारीले अर्थतन्त्र पूरै थिलथिलो भएको छ, त्यसमाथि स्वास्थ्य क्षेत्र डाँवाडोल भएका कारण स्वास्थ्यकै लागि पनि ठूलो आकारको बजेट बनाउनुपरेको हो,’ सम्बद्ध स्रोतले भन्यो, ‘महामारीले लपेटेको हुनाले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिइएको छ।’
यसपालि सरकारले निर्वाचनका लागि पनि ठूलो परिमाणको बजेट विनियोजन गरेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका साथै भ्याक्सिन व्यवस्थापनका लागि पनि बजेटको आकार बढाइएको हो।
सरकारले आगामी आर्थिक वर्ष राजस्व २१ प्रशितले वृद्धि हुने लक्ष्य लिएको छ। गत आर्थिक वर्ष राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड उठाउने लक्ष्य थियो।
त्यसबाट अपुग हुने ५ खर्ब २४ अर्ब ५० करोड वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड र राजस्व परिचालन तथा वैदेशिक अनुदान एवं ऋण सहायता परिचालन गदौ पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब भने आन्तरिक ऋणबाट उठाउने लक्ष्य थियो।