भियतनाममा पनि फेला पर्‍याे कोरोनाको नयाँ भेरियन्ट

बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भियतामका स्वास्थ्यमन्त्री भियन टन लंगले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनाएका हुन्।

यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । यो हावामार्फत् तीव्र रुपमा फैलने खालको हो।

पहिलो लहरका बेला भियतनाम विश्वका थोरै त्यस्ता मुलुकमा पथ्र्यो, जसले संक्रमणलाई नियन्त्रण गर्न सफल भएको थियो।

तर पछिल्लोपटक यहाँ संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। यहाँको सरकारलाई संक्रमण नियन्त्रण गर्न निकै मिहिनेत गर्नु परेको छ।

अप्रिलको अन्तिम साता भियतनामका ६३ मध्ये ३१ सहरमा संक्रमण ३६०० जनामा देखिएको, जुन कूल संक्रमणको ५० प्रतिशत थियो।

यसअघि भियतनाममा कोरोना भाइरसको कम्तीमा पनि ७ भेरियन्ट पाइएको थियो, जसमा भारत र बेलायतमा देखिएका समेत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय