भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

हेल्थपोस्ट नेपाल

बाँकेको भेरी अस्पतालका चिकित्सकमाथि हातपात गर्ने मानबहादुर रावतसहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ।

बिहीबार राति अस्पतालमा उपचाररत दाङ तुलसीपुर–११ का डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुरसहितको टोलीले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।

स्वास्थ्यकर्मी आक्रमण गर्ने रावत, भरत रावत र लोकराज रावतलाई ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको लुम्बिनी प्रदेश प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिई मुद्धा चलाउने प्रक्रिया अघि बढाएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन्।

स्थानीय प्रशासनले अस्पतालमा सुरक्षाको प्रत्याभुति दिलाएको र आक्रमणमा सम्लग्न भनिएका व्यक्तिविरुद्ध किटानी जाहेरी दिई मुद्धाको प्रक्रिया समेत अघि बढेपछि विषम परिस्थितिलाई ध्यान दिदै सबै स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किएको अस्पतालका मेसु डा. प्रकाश थापाले बताए।

आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई शुक्रबारै बाँके जिल्ला अदालतले पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *