चिकित्सा आयोगलाई गगनको आग्रह – महामारीमा काम गर्ने विद्यार्थीलाई पिजी आवेदनमा अंक थपौं
पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा काम गर्ने मेडिकल विद्यार्थी लागि हौसला प्रदान गर्ने परीक्षामा अकंभार थप्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध गरेको छन्।
शुक्रबार आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसँगको भेटमा गगनले उक्त प्रस्ताव राखेका हुन।
‘चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अङ्क थप पाउने नियम थपिदिनुस,’ थापाले भने, ‘ सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाईमा जनशक्तिको अभावलाई केही कम गर्न ठुलो मद्दत पुग्नेछ।’
चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तहका ५ हजारभन्दा बढी चिकित्सक परीक्षाको लागि तयारी गरेर बसेका छन्।
तर, महामारीमा अहिले नै परीक्षा नै सम्भव नहुँने भन्दै थापाले सो जनशक्तिलाई कोरोना बिरामीको उपचारमा लगाउन सकिने बताए।
‘अबको ४–५ महिना परीक्षा हुँदैन,पछि परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर निर्णय गर्न गगनले सुझाव दिएका छन्।
डा. गिरीले केही दिनभित्र गर्ने उक्त विषयको निर्णय गर्ने बताएको थापाले बताए।