यसरी भइरहेको छ विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको उपचार

हेल्थपोस्ट नेपाल

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता तथा मेसु डा. राज राणाका अनुसार थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) मार्फत उपचार हुँदै छ।

थापालाई ग्राण्डी अस्पतालबाट रेफर गरेर आजै नेपाल मेडिसिटी अस्पतालमा लगिएको हो।

‘अहिले उहाँको अवस्था एकदमै नाजुक छ। उहाँलाई कोभिड सिभिर निमोनिया भइसकेको छ। हामीले एक्मोबाट उपचार गर्न सुरू गरेका छौं,’ डा. राणाले भने।

बिरामीको मुटु र फोक्सोले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ।

‘एक्मो प्रविधिले बाहिरी पम्पहरु र अक्सिजेनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार बढाउन मद्दत गर्छ।

यसले मुटु, फोक्सो वा दुवै अंगलाई सहयोग पुर्याउँछ,’ डा. राणाले भने।

‘हामीले ‘एक्मो’ राखेर केही दिन अगाडी नै उपचार गर्न पाएको भए अन्य बिरामीको भन्दा नतिजा फरक पाउन सक्थ्यौं कि,’ उनले भने, ‘अहिले उहाँको अवस्था एकदमै नाजुक भइसकेको छ।’

थापाको उपचार डा. विजय राज वंशीको नेतृत्वमा भइरहेको छ।

यो समूहमा डा. अशिम, डा. दिप्तेश अर्यालमा र डा. राज राणा छन्।

थापाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको छ।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले आलोक सुवेदीको नाममा रहेको कुमारी बैंक मैतीदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा सहयोग गर्न सक्ने अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *