कोरोनाको जीवनदायी औषधि ‘टोसीलिजिम्याब’ नेपाल भित्रियो
कोरोनाका गम्भीर बिरामीमा प्रयोग हुने औषधि ‘टोसीलिजिम्याब’ नेपाल भित्रिएको छ।
यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ।
औषधि व्यवस्था विभागका अनुसार ‘टोसीलिजिम्याब’ ५ सय भाइल नेपाल आएको छ।
कोरोनाका बिरामी उपचारमा रेम्डिसिभिरलाई प्रभावकारिता नभएको भन्दै बन्द गरेका छन्।
‘टोसीलिजिम्याब’ लाई प्रभावकारिता राम्रो रहेको विज्ञले बताउँदै आएका छन्।
टोसीलिजिम्याबको एक भाइलको ५९ हजार ८ सय ५० पर्ने विभागले जनाएको छ।
सो औषधि बिरामीको चिकित्सकको सिफारिस अनुसार मात्रै उपलब्ध हुनेछ।
बिरामीको पुर्जा, कोरोनाको पीसीआर टेस्टको पोजेटिभ रिपोर्ट, औषधि खरिद गर्न आउने आफन्तको फोन र फोटो सहितको परिचय पत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।