दुई अंकमा झर्यो कोरोना संक्रमणबाट निधन हुने संख्या
नेपालमा कोरोना संक्रमणबाट निधन हुने संख्या दुई अंकमा झरेको छ।
पछिल्लो २४ घन्टामा संक्रमणबाट ९६ जनाको निधन भएको छ।
हालसम्म कोरोनाबाट नेपालमा ७ हजार ४७ जनाको निधन भएको छ।
पछिल्लो विवरण अनुसार ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।
यो सँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ।
शुक्रबार ६ हजार ९ सय ५१ जना संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा संक्रमित हुने कुल संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ।
शुक्रबार १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार देशभर ८ सय ९ जना क्वारेन्टाइनमा छन्।