एकैदिन ९ हजार ८४१ संक्रमणमुक्त, ९६ जनाको निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

यो सँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या घटेको छ।

मन्त्रालयको अनुसार आज ९६ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोनाबाट ७ हजार ४७ जनाको निधन भएको छ।

शुक्रबार ६ हजार ९ सय ५१ जना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा संक्रमित हुने कुल संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ।

शुक्रबार १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार देशभर ८ सय ९ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *