भेरीका स्वास्थ्यकर्मीलाई हातपात गर्दा अन्य दुई बिरामीको ज्यान गयो

हेल्थपोस्ट नेपाल

भेरी अस्पतालमा बिहिबार भएकाे हातपातकाे घटनाकाे कारण अन्य दुई बिरामीको पनि निधन भएको छ।

दाङका मानबहादुर रावत लगायतको समूहले तोडफोड गरी चिकित्सक तथा नर्समाथि आक्रमण गर्दा अस्पतालमा भएका अन्य बिरामीको उपचारमा बाधा पर्न गई मृत्यु भएको हो।

अस्पतालमा कार्यरत एक चिकित्सक अनुसार बेड नं ‘ए’७ र ‘बी’ ४९ उपचारत बिरामीको निधन भएको हो।

उनीहरूको क्रमश बिहिबार राती ९ः१५ र १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

निधन हुने दुवै स्वास्थ्यकर्मीका परिवारका थिए।

अस्पतालले बिहिबार भएको घटना अत्यन्तै पीडादायी भएको जनाएको छ।

५२ बर्षिय कोरोना संक्रमित डिल्लीबहादुर रावत अस्पतालमा जेठ ४ गते भर्ना गरिएको अस्पतालले जनाएको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था पहिलादेखि नै नाजुक थियो।

बिहीबार साँझपख बिरामीलाई धेरै गाह्रो भएपछि चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेका थिए।

‘बिरामी पक्षले बेला–बेलामा ‘मेरो बिरामीलाई केही भएमा सबैलाई चड्कन लगाउँछु र एक–एकलाई गिड्छु भन्ने धम्की दिँदै आएका थिए,’ एक चिकित्सकले भने।

‘बिहिबार साँझ मृत्तक रावत को अक्सिजन सेचुरेसन खटेकाले भेन्टिलेटरमा राखेर बिरामी बचाउन प्रयास गरियो,’ ति चिकित्सकले भने,‘ तर, हरेक प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन।’

बिरामीको मृत्युको घोषणा गरेसँगै बिरामीका भाई, छोरा तथा आफन्तले नर्समाथि आक्रमण गरेका थिए।



One thought on “भेरीका स्वास्थ्यकर्मीलाई हातपात गर्दा अन्य दुई बिरामीको ज्यान गयो

  1. यी जनाबर हुन बिना कारण स्वास्थ कर्मी लाई आक्रमण गर्ने कडा कार्बाही होस सन्देस र चेतना होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *