स्वास्थ्य मन्त्रालय भन्यो– स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै हातपात गर्नेलाई कारबार्ही गरियोस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न माग गरेको छ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाही गर्ने सम्बन्धित पक्षसँग माग गरेका छन्।

‘कुनैपनि बहानामा स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कडा कारवाहीको प्रबन्ध गरिदिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन सबैमा मन्त्रालयले अनुरोध गरेको छ ।

विषम परिस्थितिमा पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै साङ्घातिक हमला हुनु निकै लज्जास्पद भएको डा. अधिकारीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय