चिकित्सक संघले भेरी घटनालाई ‘कालो दिन’को रूपमा घोषणा गर्यो, पट्टी बाँधी सेवा गर्न निर्देशन
नेपाल चिकित्सक संघले भेरी अस्पतालमा स्वास्थ्यकर्मी भएको हातपातको घटनालाई ‘कालो दिन’को रूपमा घोषणा गरेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पुर्ण स्वास्थ्यकर्मीलाई शुक्रबार कालो पट्टी बाँधी सेवा गर्न निर्देशन समेत दिएको छ।
२०७६ चैत्र २२ गते मन्त्रि परिषद् निर्णय अनुसार कोरोना रोकथाम तथा नियन्त्रण उपचारको कार्यमा बाधा विरोध गर्ने व्यक्तिलाई ड्युट्मिा खटिएका सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा बाधा विरोध गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय व्यवहारमा लागू गर्न संघले माग गरेको छ।
दोषीलाई कडा भन्दा कडा कारबार्ही नभए स्वास्थ्यकर्मीहरू आफ्नो काम विमुख हुने समेत संघले चेतावनी दिएको छ।
भेरी अस्पतालमा बिहीबार राति ड्युटीमा रहेका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई मनोबल बढाउनुको सट्टा हातपात गर्ने, घाँटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पतालमा समेत तोडफोड गर्ने कार्य भएको भन्दै संघले स्वास्थ्यकर्मी असुरक्षित रहेको जनाएको छ।
‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरूलाई मन्त्रिपरिषद निर्णय अनुसार कडा भन्दा कडा कारबार्ही गरि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू कामबाट विमुख हुने बाध्यात्मक परिस्थि सिर्जना नगर्ने सरकार समक्ष माग गर्दर्छौ,’ विज्ञप्तिमा उल्लेख छ।’