स्वास्थ्यका १५ संगठनहरू एकजुट, सबै संस्थाहरूमा आन्दोलन गर्ने चेतावनी

हेल्थपोस्ट नेपाल

बाँकेमा क्रियाशील स्वास्थ्य संगठनहरूले सबै संस्थाहरूमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

भेरी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई कुटपिट गर्नेहरूलाई अविलम्ब कारबाही माग समेत गरेका छन्।

शुक्रबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश र बाँकेमा क्रियाशील १५ वटा संस्थाले स्वास्थ्यकर्मीहरूको सुरक्षा प्रत्याभूति गर्न सरकार समक्ष माग गरेका छन्।

‘मिति २०७८ जेठ १३ गतेका दिन साँझ ८ बजे कोभिड आइसोलेसन वार्डको आइसीयू बेड नम्बर १३ मा उपचारार्थ रहनुभएका डिल्लीबहादुर रावतको मृत्युको विषयलाई लिएर बिरामीका कुरुवासहित ३र४ जनाको समूहले चिकित्सक र नर्सिङ स्टाफहरूमाथि ज्यान मार्ने उद्देश्यका साथ सांघातिक हमला गर्नुका साथै सरकारी सम्पत्तिमाथि क्षति पुग्नेगरी तोडफोड समेत भएको घटनाप्रति खेद व्यक्त गर्दै उक्त घटनामा संलग्न सम्पूर्ण दोषीहरू उपर अविलम्ब कडाभन्दा कडा कार्बाहीको माग गर्दछौँ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

अहिले भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित छन ।

भेरी अस्पतालका वरपरका निजी तथा सरकारी अस्पतालका स्वास्थ्यकर्मी दोषीले माफी मागेपछि पछि कानुनी दायरामा लैजानुपर्ने भन्दै धर्नामा बसेका छन्।

भेरी अस्पतालको दृश्य झ्न–झ्न भयावह बन्दै गएको छ।

के स्वास्थ्यकर्मीले सधैं कुटाइ नै खाने हो ? नो सेक्युरिटी, नो वर्क लेखिएका प्लेकार्ड बोकेर भेरी अस्पतालका स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरिरहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *