भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारबाही होस् : प्रचण्ड

हेल्थपोस्ट नेपाल

 नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको चौतर्फी आलोचना भइरहेको छ। विभिन्न पार्टीका शीर्ष नेता तथा सर्वसाधारणले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई कडा कारबाहीको माग गरेका छन्। प्रचण्डले डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरेका छन्।

उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्न माग गरेका छन्।

‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिटजस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ।

हाम्रो पार्टीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ।’, प्रचण्डले भनेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *