विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेलले पाएका छन्।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहँदै डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो।

यसअघि स्वास्थ्य समन्वय महाशाखाको प्रमुख नै मन्त्रालयको प्रवक्ता हुने परम्परा थियो ।

शुक्रबार मन्त्रीस्तीय बैठकले डा. पौडेललाई नियुक्त गरेको हो।

पछिल्लोपटक डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकृत बनाइएसँगै सो महाशाखा रिक्त छ।

महाशाखा प्रमुख नै तोक्ने नेतृत्व अभाव भएपछि मन्त्रालयले विभागका महाशाखा निर्देशकलाई प्रवक्ता जिम्मेवारी दिएको हो।

डा. पौडेल हाल स्वास्थ्यमा कार्यरत सहसचिवमध्ये काविल मानिन्छन्।

बाल स्वास्थ्य समूहका विशेषज्ञ भएपनि उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) जिम्मेवारी साथ–साथै प्रवक्ताको जिम्मेवारी दिएको मन्त्रालयका उपसचिव दामोदर रेग्मीले बताए।

‘डा. पौडेललाई इडिसीडी तथा प्रवक्ताको जिम्मेवारी दिइएको छ,’ रेग्मीले भने।

महामारीमा नेतृत्वको खडेरी, स्वास्थ्यमा प्रवक्ता बनाउने मान्छेसमेत भेटिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय