गोदानको सरकार समक्ष माग : जेल विद आउथ विल तत्काल लागू गर

हेल्थपोस्ट नेपाल

सरकारी चिकित्सक संघ (गोदान) ले भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको घटनाको भत्सर्ना गरेको छ।

गोदानले एक विज्ञप्ति जारी गर्दै कोभिड आइसियु कक्षमा तोडफोड गर्ने, उपचारमा बाधा र्पुयाउनलाई छिट्टो कारबार्हीको दायरामा ल्याउनुपर्ने जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्बन्धित अपराधीलाई हदैसम्मको अपराध मुद्धा चलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

गोदानले जेल विद आउथ विल अर्थात गैर जमानती हिरासतको नियम तत्काल लागू गर्न सरकारलाई पुनः स्मरण गराएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *