नेपालगञ्जका सबै स्वास्थ्यकर्मी आन्दोलनमा, नयाँ बिरामी भर्ना नलिने चेतावनी

हेल्थपोस्ट नेपाल

स्वास्थ्यकर्मी आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

चिकित्सक र नर्समाथि हातपात तथा दुव्यवहार भएको १२ घन्टा बित्तिसक्दा पनि दोषीलाई कारबार्हीको दायरा नल्याएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई साथ दिनका लागि नजिक अन्य अस्पतालका स्वास्थ्यकर्मीले पनि धर्ना दिइरहेका छन्।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. विनोद कुमार र्कणले सबै स्वास्थ्यकर्मी धर्ना रहेको बताए।

‘अधिंकास स्वास्थ्यकर्मी धर्नामा हुनुहुन्छ। जबसम्म हातपात गर्ने समूहलाई हाम्रो अगाडी पर्दा पास गरिर्दैन। धर्ना रोक्दनौं, कर्णले हेल्थपोस्टसँगको कुराकानीमा भने,’ सूरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम फर्किदैनौं।’

उनका अनुसार दोषी जेल नपठाएसम्म नयाँ बिरामी भर्ना लिने छैन।

दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति मृत्युपछि उनको आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रामण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *