नेपालका कोरोना अस्पताललाई टेक्सासमा रहेका नेपाली डाक्टरको सहयोग

हेल्थपोस्ट नेपाल

कोरोनाबाट अति प्रभावित क्षेत्रमा खटिएका नेपालका चिकित्सकलाई सहयोग पुगोस भन्ने उदेश्यले अमेरिकाको टेक्सासमा क्रियाशील चिकित्सकहरु स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।

टेक्सास नेपालीज मेडिकल एसोसिएसन (टि.एन.एम.ए)को आर्थिक सहयोग र नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठको समन्वयमा खरिदगरी विभिन्न अस्पताललाई उपलब्ध गराइएको थियो।

डा. श्रेष्ठका अनुसार ती स्वास्थ्य सामग्री प्रादेशिक अस्पताल धनगढी, नेपालगञ मेडिकल कलेज अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, बुटवल प्रादेशिक अस्पताल, पोखरा कोभिड कियर सेन्टर, दैलेख दुल्लु अस्पताल र कोभिड आइसोलेसन सेन्टर अग्रवाल भवन काठमाडौंलाई उपलब्ध गराएको छ।

अस्पतालहरुलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीमा पिपिई, पल्स अक्सीमिटर, सेनिटाइजर र फेस मास्क छन्। ती सामग्री ६ लाख मुल्य बराबरको रहेको छ।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाललगायतको उपस्थितिमा ती स्वास्थ्य सामग्री सम्बन्धित अस्पताल एवं सेन्टरका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो।

डा. श्रेष्ठले विदेशमा कार्यरत चिकित्सकले महामारीसँग जुधिरहेका नेपाली चिकित्सकलाई गरेको सहयोग साराहनीय भएको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *