इमर्जेन्सी बेड चाहियो? नेपाल कोरिया मैत्री अस्पताल जानुहोस्

के कोरोनापछि इमर्जेन्सी वेड नपाएर छटपटाइरहनु भएको छ। त्यसो हो भने भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालमा अक्सिजनसहितको इमर्जेन्सी बेड खाली भएको छ।
उपत्यकामा संक्रमणमुक्त हुनेको संख्या बढेसँगै शय्या खाली भएको अस्पताल प्रशासनले जनाएको छ।मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल कोरियामैत्री अस्पातलमा अक्सिजनसहितको इमर्जेन्सीमा ८ बेड खाली भएको बताए।
अस्पतालमा अक्सिजन दिनुपर्ने विरामी कम हुँदै आएको उनको भनाइ छ।
आइसीयू र एचडियुका लागि अस्पतालमै उत्पादितअक्सिजनले धानिरहेको उनले सुनाए। उनले अस्पतालमा एक सय ११ जना डाक्टरहरुबाट सेवा प्रदान भइरहेको बताए।
अस्पतालमा आइसीयूमा ५, एचडियमा १४ र भेन्टिलेटरमा ६ जना भर्ना भएर उपचाररत छन्।
इमर्जेन्सीमा १० वटा बेडमा जम्मा २ जना विरामीको उपचार भइरहेको छ। यसअघि इमर्जेन्सीबाहिर पनि व्हील चेयर राखेर उपचार दिनुपर्ने अवस्था थियो।यता मध्यपुर थिमीको कृषि तालिम केन्द्रमा सञ्चालित ७० बेडको आइसोलेसनमा २४ जना मात्र विरामी रहेको जनाइएको छ।

बुधबारको ६७ जनाको पिसीआर परीक्षणमा १७ जना पोजेटिभ र बाँकी सबै नेगेटिभ रहेको जनाइएको छ।

बुधबारसम्मको तथ्यांक अनुसार मध्यपुर थिमिमा एक हजार ६४ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय