कोरोना संक्रमण घट्दै, ६ हजार ९ सय ३९ संक्रमण पुष्टि, १०६ को मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार २० हजार ४१४ जनाको पीसीआर र ५७८ एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा संक्रमण हुने कुल संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ।
त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्।
मन्त्रालयको अनुसार हालसम्म ४ लाख १८ हजार ८ सय २९ संक्रमणमुक्त भएका छन्।
देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, बिहिबार संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।
देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन्।