पर्सामा औषधि पसलेमाथि कुटपिटको छानबिन गर्न समिति गठन

हेल्थपोस्ट नेपाल

प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका ८ घण्टाघर चोकस्थित औषधि पसलका सञ्चालकलाई कुटपिट गरेको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश २ प्रहरी कार्यालयले प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो।

वीरगञ्जमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले प्याथोसर्जिकल हाउसका कर्मचारी अप्रोज महमहदलाई बुट र लौरोले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

प्याथो सर्जिकल हाउस छेउको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो बनाएको भन्दै डिएसपी कार्कीले कुटपिट गरेका थिए।

बुधवार बिहान १० बजेर २१ मिनेटमा सर्जिकल हाउसमा प्रवेश गरी डिएसपीले कुटपिट गरेका हुन्।

छेउको किराना पसल बन्द गराउँदा अहमदले भिडियो खिचेको आरोपमा डिएसपीले कुटपिट गरेको सर्जिकल पसलका सञ्चालक करण पटेलको भनाइ छ।

वीरगञ्जको छपकैया निवासी अहमद सर्जिकल पसल खोलेर कुचोले सफा गर्नै क्रममा साथीको कल आएपछि भिडियो कलमा कुरा गर्दा प्रहरीले भिडियो बनाएको सोचेर अनाहकमा आएर कुटेको सञ्चालक पटेलले बताए।

आफ्नो पसलका कर्मचारीलाई अनाहकमा कुटपिट गर्ने डिएसपीलाई कारवाही गर्न सञ्चालक पटेलले मागसमेत गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *