डीएसपीले मेडिकल पसलका कर्मचारीलाई लातै लात्ताले कुटे (भिडियो)

हेल्थपोस्ट नेपाल

वीरगञ्जमा मेडिकल पसलका कर्मचारीलाई डीएसपीले निर्मम कुटपिट गरेका छन।

वीरगञ्जमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले दादागिरी शैलीमा मेडिकलका कर्मचारीलाई कुटेका हुन्।

मेडिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट र लौरोले हिर्काएको भिडियो देख्न सकिन्छ।

कुटाई खाने सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई हुन्।

सर्जिकल हाउस छेउको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो बनाएको भन्दै डिएसपी कार्कीले कुटपिट गरेको बुझिएको छ।

बुधवार बिहान १० बजे उनीमाथि कुटपिट भएको थियो।

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि डीएसपीले गरेको कुटपिटको आलोचना भइरहेको छ।

डीएसपीलाई कारबाही गर्नुपर्ने मागसमेत सबैतिरबाट उठेको छ।

डिएसपी कार्कीले कुटपिट गरेको कुरा एसपी बेलबहादुरे स्वीकार गरेका छन्।

‘भिडियो खिचेको थियो भने त्यसलाई सम्झाएर डिलिट गर्न सकिन्थ्यो,’ उनले हेल्थपोस्ट सँगको कुराकानीमा भने ‘त्यसरी पिट्नुचाँहि गलत हो।’

यसबिषयमा छलफल चलिरहेको उनले बताए।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *