बरिष्ठ चिकित्सक रञ्जीतकुमार झाको ‘नसोध मलाई’ गीत सार्वजानिक (भिडियो)

गजेन्द्र नारायणसिंह अस्पतालका प्रमुख डा. रञ्जीत कुमार झाले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।

लामो समयदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रूपमा कार्यरत डा. झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मानमा गीत सार्वजनिक गरेका छन् ।

‘नसोध मलाई’ बोलको उक्त गीतमा संक्रमितहरूको उपचारमा खटिएका चिकित्सकको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकले आफ्ना सम्पूर्ण पीडा बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ।

‘नसोध मलाई’ बोलको गीतमा डा. झाको स्वर रहेको छ भने गिरिराज निरौलाले शब्दहरु दिएका छन । यस्तै संगित डा. झा र निरौला दुबैले दिएका छन ।

भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा. झा पनि प्रस्तुत भएका छन ।

भिडियोमा अस्पतालमा उपचाररत संक्रमितलाई पनि चित्रण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय