अब अनलाइनबाटै आइसियु, भेन्टिलेटर भए नभएको हेर्न सकिने, जानकारी लिन यसो गर्नुहोस्

अब अनलाइनबाटै  अस्पतालमा बेड खाली छन् भन्ने जानकारी पाउन सकिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटमा अस्पतालमा आइसोलेसन, आइसियू, भेन्टिलेटर खाली भएको वा नभएको जानकारी पाउन सकिन्छ।

उक्त वेवसाइटमा देशभरका कोरोना–डेडिकेटेड अस्पताल, आइसोलेसन सेन्टरको विवरण बेवसाइटमा राखिएको छ।

त्यहाँको गुगल म्यापमार्फत लोकेसन पनि राखिएको छ।

अस्पताल छनोट गरेपछि सो अस्पतालको क्षमता कति छ र खाली कति छ भन्ने डेटा देखाउँछ।

अस्पतालको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ।

साथै डिटेलमा क्लिक गरेर लोकेसन र फोन नम्बर समेत पाउन सकिनेछ।

विवरण जानकारी लिनका लागि मा https://covid19.mohp.gov.np/hospital/covid_hospital.html गएर हेर्न सकिन्छ।

कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत गरी सञ्चालनमा छन्।

जसमध्ये निजी क्षेत्रका ४५ अस्पतालहरुसँग सम्झौता गरी कोभिड–१९ का बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय