कोरोना संक्रमित सहायक रथी केसीको निधन

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ।

केसीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए।

कोरोना संक्रमण देखिएपछि एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिनअघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय