निदयी कोरोना : नौ दिन बिचमै बुबा, आमा र छोरोको निधन

बुटवलको कालिकानगरमा नौ दिनबिचमै कोरोना भाइरसको संक्रमणबाट परिवारका तीन जनाको निधन भएको छ।

निधन हुनेमा पूर्वजनप्रतिनिधी नरबहादुर गुरुङ, उनकी श्रीमती मनसुवा र छोरा प्रेम छन्।

होम आइसोलेसनमा बसेकी मनसुवाको जेठ ५ मा मृत्यु भएको वडा अध्यक्ष पदम थापाले बताए।

त्यसैगरी, घरमा श्रीमतीलाई कोरोना पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमको कोरोना परीक्षण गर्दा दुवै जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

सास फेर्न गाह्रो हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भएका थिए ।

उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा मृत्यु भयो ।

नरबहादुर गुरुङको पनि उपचारको क्रममा हिजो राति अस्पतालमा निधन भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय