नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीलाई क्रिटिकल कियर तालिम दिने
कोरोना नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल कियर’ तालिम दिने भएको छ।
महामारीको दोस्रो लहर सुरू भएसँगै निधन हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको छ।
‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स : कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(सिमोन), सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको छ ।
तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने ? संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने जस्ता विषय समेटिएको संघका महासचिव बद्रि रिजालले जानकारी दिए।
भर्चुअल माध्यमबाट गर्न लागिएको यो तालिममा देशभरका ३००० चिकित्सक एवं स्वास्थ्यकर्मीले सहभागिताका लागि आवेदन दिएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो एक हप्तामा दजनौं स्वास्थ्यकर्मीको निधन भइसकेको छ।
Society of Public health Physician ko contact add? Pauna sakinthyo ki?