कोरोना संक्रमणबाट नर्सिङ निरिक्षक सरस्वती कार्कीको निधन

कोरोना भाइरस संक्रमणबाट एक स्वास्थ्यकर्मीको निधन भएको छ।

बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरिक्षक सरस्वती कार्कीको निधन भएको हो ।

कार्कीलाई एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो।

नगर प्रुमख अशोक कुमार चन्दका अनुसार होम आइसोलेसनमा आराम गरिरहेकी कार्कीलाई स्वास्थ्य समस्या देखिएपछि महाकाली अस्पताल ल्याइएको थियो।

‘महाकाली अस्पतालबाट कोहलपुर मेडिकल कलेजमा उप उपचारका लागि लगियो। स्वास्थ्य सुधारोन्मुख हुँदा एक्कासी गयराती दुःखद निधन भयो,’ प्रमुख चन्दले भने।

दोस्रो लहर सुरू भएसँगै सर्वसाधरण सहित स्वास्थ्यकर्मी पनि संक्रमणबाट निधन हुने संख्या बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय