पाँचखाल नगरपालिकाले माग्यो खोप खरिदका लागि स्वास्थ्य मन्त्रलायसँग अनुमति
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाले कोरोना विरुद्धकाे खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको छ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई न्युनीकरण गर्नका लागि खोप खरिद गर्न लागेको नगरपालिकाले जनाएको छ।
नगरपालिकामा संक्रमण दिनप्रति दिन बढ्दै गएकाले केही दिन अघि मात्रै २३ गते सम्म शिल गरेको छ।
सरकारले खोप खरिदका लागि अनुमति दिएको एक महिना भित्र खोप उपलब्ध गराउने तयारी रहेको नगर प्रमुुख महेश खरेलले बताए।
उनका अनुसार पहिलो चरणमा ४० हजार डोेज खरिदको तयारी गरिएको छ।
उक्त खोप १८ वर्ष माथिका नागरिकलाई दिइने छ।