
यस्तै, बुधबार ३ हजार ८ सय ४१ संक्रमितको मृत्यु भएको छ। बुधबार २ लाख ८२ हजार ९ सय २४ जना निको भएका छन्। हालसम्म भारतका कूल संक्रमितको संख्या २ करोड ४६ लाख पुगेको छ भने हालसम्म ३ लाख ११ हजार को मृत्यु भइसकेको छ। हाल सक्रिय संक्रमितको संख्या २४ लाख १५ हजार छ।
अहिले कर्नाटक, केरल, तमिलनाडु, उत्तरप्रदेश, आन्ध्रप्रदेश, दिल्ली, पश्चिम बंगाललगायतका राज्यमा संक्रमितको तुलनामा निको हुनेको संख्या बढी हुन थालेको छ।
भारतमा हाल १९ राज्यमा लकडाउन छ भने १३ राज्य तथा केन्द्रशासित प्रदेशमा आंशिक लकडाउन छ।