पुर्व नर्सिङ प्रशासक गीता गुरुङको कोरोना संक्रमणबाट निधन
कोरोना भाइरसको संक्रमणबाट पुर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ।
उपचारको क्रममा बुधबार आर्मी अस्पतालमा बिहान गुरुङको निधन भएको नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले पुष्टि गरिन्।
छोरालाई पनि कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेकी गुरुङमा स्वास्थ्य समस्या देखिएको थियो।
केही दिनअघि मात्रै उनी आर्मी अस्पताल भर्ना भएकी थिइन।
नेपाल सरकारबाट सेवा अवकाश पाएकी गुरुङले लामो समय कान्ती बाल अस्पताल, टेकु अस्पतालबाट सेवा गरेकी थिइन।
साथै, स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखामा समेत काम गरेकी थिइन।