चीनले नेपाललाई थप १० लाख डोज खोप दिने

चिनियाँ राष्ट्रपति सी चीन फिङले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिका अनुसार आज राष्ट्रपति विद्यादेवी भन्डारीसँग भएको एउटा टेलिफोन संवादमा उनले यस्तो घोषणा गरेका हुन्।

यसअघि पनि चीनले ८ लाख डोज भेरोसेल खोप दिएको थियो।

राष्ट्रपति भन्डारीले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर नेपालका लागि खोप सहयोग गर्न र नेपाल भ्रमणका लागि पनि निम्तो पठाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय