एकैदिन ६ हजार ७१६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा ६ हजार ७१६ जना संक्रमित कोरोना मुक्त भएका छन्।

यो सँगै ४ लाख ११ हजार ६०३ निको भएका छन्।

हालसम्म कुल संक्रमित मध्ये ७६.९ प्रतिशत संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार थप १४५ जना कोरोना संक्रमणबाट निधन भएको छ।

हालसम्म देशभर ६ हजार ८४५ संक्रमितको निधन भएको छ।

बुधबार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ।

आज १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय