कोरोना संक्रमणबाट दुई स्वास्थ्यकर्मीको निधन
कोरोना संक्रमणबाट ल्याब टेक्निसियन मुनारलाल यादवको निधन भएको छ।
लामाे समय देखि मिर्गौलाको समस्या सँग जुध्दै आएको यादवलाई कोरोना संक्रमण भएपछि थप स्वास्थ्य समस्या देखिएको थियो।
कोसी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको पुर्व सहकर्मी केदार पराजुली पुष्टि गरे।
यादव करिब १ बर्ष अगाडी कोसी अस्पतालबाट नै रिटायर भएका थिए।
त्यस्तै, रेडियोग्राफर मेधनी प्रसाद नेपालको पनि निधन भएको छ।
नेपालको संक्रमणबाट उनको जेठ १० मा निधन भएको हो।
मेधनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा कार्यरत थिए।