गगन थापाको पहलमा रातोपुलमा बन्यो २५ बेडको आइसोलेसन सेन्टर

पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाको पहलमा काठमाडौं–३० रातोपुलमा कोरोना संक्रमित बिरामीको लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।

नेता थापाको पहलमा सांसदको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ सँगको समन्वयमा काठमाडौं महानगरपालिका–३० द्धारा कोभिड–१९ आइसोलेसन सेन्टर निर्माण गरिएको हो।

यस आइसोलेसनमा जनता स्वास्थ्य केन्द्रको नाम दिइएको छ।

आइसोलेसन सञ्चालन गर्नका लागि केमिकल सप्लायर्स एसोसिएन अफ नेपाल (केमसन), नेपाल चिकित्सक संघ लगायतका सस्थाले सहयोग गरेका छन्।

नेता थापाले कोरोना संक्रमितलाई स्वास्थ्य उपचार तथा केयरका लागि मेडिकल अफिसर, नर्सिङ स्टाफहरुको पनि व्यवस्थान गरिएको र विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिएको बताए।

काठमाडौं उपत्यकाका अन्य आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई अक्सिजन सपोर्ट सहितको उपचार आवश्यक परेमा त्यहाँबाट बिरामीहरुलाई सो सेन्टरमा भर्ना लिइने जानकारी पनि थापाले दिए।

थापाका अनुसार सेन्टरमा संक्रमितलाई निःशुल्क उपचार गरिने छ।

नेता थापाले वडास्तरमै अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गर्दा केन्द्रमा रहेका अस्पतालहरुमा बिरामीको चाप कम हुने र नगरबासीले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय