कोरोना भाइरसको उत्पत्तिबारे निष्पक्ष छानविन गर्न अमेरिकाको डब्ल्यूएचओलाई आग्रह

कोरोना भाइरसको उत्पत्तिबारे निष्पक्ष छानविन गर्न अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आग्रह गरेको छ।

डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले छानबिन पारदर्शी बनाउन आग्रह गरेका हुन्।

चीनको वुहानस्थित प्रयोगशालाबाट संक्रमण फैलिएको विवरण सार्वजनिक भइरहँदा छानविन निष्पक्ष बनाउन उनले आग्रह गरेका हुन्। उनले संक्रमणको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन्।

मङ्गलवार ह्वाइट हाउसले पनि डब्ल्यूएचओका विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ।

यसै वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो।

उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो। यसबारे अझै धेरै प्रश्न अनुत्तरित रहेका छन्।

कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो।

त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय