कोरोना संक्रमणबाट १ लाख १५ हजार स्वास्थ्यकर्मीको निधन

कोरोना भाइरसको संक्रमण कारण विश्वमा १ लाख १५ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्।

सोमबार ७४ औं एसेम्ब्लीको उद्घाटनका क्रममा डब्लुएचओका प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले एक लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताए।

स्वास्थ्यकर्मीहरूको योग्दानको कदर गर्दै उनीहरुको लागि सुरक्षाका लागि लगानी बढाउनुपर्ने बताए।

‘धेरै स्वास्थ्यकर्मीहरूले सुरक्षाका साधन, खोप नपाएका कारण फ्रस्चुएट, असाहय र असुरक्षित महसुस गरिरहेका छन,’ उनले भने, ‘महामारी सुरु भएको १८ महिना बितिसक्दा पनि अवस्था जोखिमपूर्ण नै छ।’

अहिलेकै अवस्थालाई नियाल्दा, विगत वर्षभरि जुन संख्यामा मृत्यु भएको थियो, त्योभन्दा धेरै संख्यामा मानिसहरु आगामी दिन महिने अवधिमा मर्ने देखिएको उनले चेतावनी दिए ।

‘अहिलेसम्म खोपको प्रभावकारितालाई अति अवमूल्यन गर्ने कुनै पनि भेरिएन्टको उदय भएको छैन । तर, यस्तै अवस्था रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन’ उनले भने, ‘हामी धेरै स्पष्ट हुन जरुरी छ । महामारी समाप्त भएको छैन । र, हरेक देशमा फैलावट नियन्त्रण नभएसम्म यो सकिने वाला छैन ।’

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ३४ लाखभन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, १६ करोड ७० लाखभन्दा धेरै मानिस भाइरसको सम्पर्कमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय