एकसाता थपिएको झन् कडा, उल्लंघन गरे जेल सजाय

कोरोना नियन्त्रण तथा रोकथामका लागि काठामाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ।मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

काठमाडौं जिल्लाका प्रमुख जिल्लाअधिकारी कालीप्रासद पराजुलीका अनुसार यसपालिको लकडाउन थप कडा पारिएको छ।

यसअघिका सबै प्रतिवन्धहरू कायमै हुनेछन्।

तर यसपालि भने किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू पनि बन्द गरिनेछन्। यसअघि बिहान नौ बजेसम्म यी पसल खुल्न अनुमति दिइएको थियो। बुधबारदेखि ती सबै बन्द हुनेछन्।

तर फलफूल, तरकारी तथा दूध र पानी बेच्ने पसलहरू भने पहिला झै नौ बजेसम्म खुल्ला रहनेछन्।

अत्यावश्यक सेवा कार्यालयका लागि बिहान साढ ९ देखि साढे १० सम्म र साँझ ५ देखि ६ बजेसम्ममा मात्रै सवारी चल्न दिने निर्णय पनि बैठकले गरेको छ।

बिहान र साँझ पैदन हिँड्न पनि पूर्ण रुपमा रोक लगाइएको छ।

कारबाही पनि

सरकारले केही दिन अगाडी मात्रै ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’ जारी गरेको छ। नयाँ अध्यादेशमा भएको कुरालाई कडाई साथ लागू गर्दा महामारीको चेनब्रेक हुनसक्ने विज्ञले बताएका छन्।

नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ।

नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध ६ महीनासम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ। नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिंड्दा हरेकपटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लङघन गर्नेलाई २ सय जरिवाना लाग्ने छ।

त्यस्तै, सवारी साधन आवतजावतमा रोक लगाएको अवस्थामा अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना गराउने अध्यादेशमा उल्लेख छ।

त्यस्तै, अध्यादेशमा अनुमति बिना सवारी साधन चलाउने लागि सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा लिन सक्ने जनाइएको छ।

अध्यादेशको विपरितको काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेख भएको सजायको अत्तिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मको लागि बन्द गर्न सकिने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय