उपत्यकामा एक साता निषेधाज्ञा थप, किराना पसल खोल्न नपाइने
कोरोना नियन्त्रण तथा रोकथामका लागि काठामाडौं उपत्यकामा एक साताको लागि निषेधाज्ञा थप गरिएको छ।
संक्रमण दर अझै उच्च रहेकाले एक साता निषेधाज्ञा बढाउने निर्णय भएको हो।
काठमाडौं जिल्ला प्रशासनका अनुसार निषेधाज्ञा थप कडाई गरेको छ।
नयाँ अध्यादेश जारी भएसँगै निषेधाज्ञा पनि कडाई गरेको हो।
किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको छ।
बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल खोल्न पाइने छ।