आज ८ हजार ६३६ जनामा संक्रमण पुष्टि, १ सय ६९ निधन

हेल्थपोस्ट नेपाल

नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट २२ हजार ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ३८७ जनामा र ६३० जनाको एन्टिजेन परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार यो सँगै नेपालमा संक्रमण हुने संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ।

मगंलबार देशभर १ लाख १७ हजार २ सय ६१ सक्रिय संक्रमित छन्।

पछिल्लो विवरण अनुसार १ सय ६९ जना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म संक्रमणबाट ६ हजार सात सयको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा ६ हजार ४ सय ४ सय संक्रमण मुक्त भएका छन्।

यो सँगै ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ।

आज ९ सय १४ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *