कतै नक्कली सेनिटाइजरको प्रयोग गर्नुभएको छैन? यी हुन दर्ता भएका ६१ सेनिटाइजर

हेल्थपोस्ट नेपाल

औषधि व्यवस्था विभागले दर्ता भएका सेनिटाइजर मात्रै प्रयोग गर्न अनुरोध गरेको छ।

मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि दर्ता भएका सेनिटाइजर मात्रै  बिक्रि–वितरण  गर्न अनुरोध गरेको छ।

विभागले एक सूचना निकाल्दै ६१ वटा मात्रै सेनिटाइजर दर्ता भएको र सो मात्रै प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि विभिन्न उद्योग उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ।

मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ। यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर र्पुयाउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *