कोरोना महामारीका कारण चण्डेश्वरी जात्रा स्थगित
कोरोना महामारीमा दैनिक उच्च संख्यामा संक्रमित देखा पर्न थाले पछि चण्डेश्वरी जात्रा स्थगित भएको छ।
उक्त जात्रा बनेपाको नेवार समुुदायले १७ औं शताब्दी देखि वैशाख शुुक्ल पूर्णिमा मनाउँदै आएका छन्।
अघिल्लो वर्ष पनि काभ्रेमा कोरोना उच्च संक्रमणका कारण जात्रा साधारण पूजा क्षमा पुुजा गरी सम्पन्न गरिएको थियो।
कोरोना संक्रमण तीब्र रूपमा बढेकाले वर्ष पनि क्षमा पूजा मात्रै गरी जात्रा रोक्ने निर्णय गरेको नगर प्रमुुख लक्ष्मीनरसिंह बताए।
‘चण्डेश्वरी जात्रामा निकै भिडभाड हुुने भएकाले यसलाई नियन्त्रण गर्न सम्भव नभएकाले विभिन्न सरोकार निकायहरु सँग छलफल पछि क्षमा पुजा गरी चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय हौ,’ नगर प्रमुख नरसिंहले भने।