नयाँ नआउँदासम्म प्रवक्ताको जिम्मेवारी डा. अधिकारीले सम्हाल्ने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी केही समयका लागि डा. समीर अधिकारीले समाल्ने भएका छन्। उनी मन्त्रालयका सह–प्रवक्ता हुन्।

डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीको रूपमा सरूवा भएसँगै मन्त्रालयको प्रवक्ता को हुने भन्ने विषयमा चर्चा चलिरहेको छ।

मन्त्रालयका उपसचिव दामोदर रेग्मीका अनुसार प्रवक्ता को ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ।

‘अर्को व्यवस्था नभएसम्म प्रवक्ताको जिम्मेवारी डा. अधिकारीलाई दिइएको छ,’ रेग्मीले भने, ‘प्रवक्तामा को ल्याउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।’

११ औं तहमा रहेका डाक्टरलाई प्रवक्ता रूपमा ल्याउन छलफल भइरहेको छ। प्रवक्ताको पद खाली भएको अवस्थामा सहप्रवक्ताको हिसाबले जिम्मेवारी समाल्ने बताए।

‘औपचारिक रूपमा जिम्मेवारी दिइएको छैन। अर्को व्यक्ति नियुक्त नभएसम्म सहप्रवक्ताकै हिसाबले काम गर्नेछु,’ डा. अधिकारीले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *